Section 13
सार्वजनिक लिखतको राष्ट्रिय अभिलेख राख्नु पर्ने
(१) यस ऐन बमोजिम प्रमाणीकरण भएको सार्वजनिक लिखत तोकिएको अवधि पूरा भएपछि तोकिएको कार्यविधि पूरा गरी राष्ट्रिय
अभिलेखालयमा राखिनेछ ।
(२) उपदफा (१) बमोजिम राष्ट्रिय अभिलेखालयमा राख्दा तोकिए बमोजिमका सार्वजनिक लिखतको माइक्रो फिल्म तयार गरी राख्नु पर्नेछ ।